४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ ।

समिति गठन भएको चौथो दिन आज बिहान १० बजे बैठक बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

हिजो बसेको बैठकले सात दिनभित्र गरिसक्ने कामको कार्यतालिका बनाएर पारित गरेको थियो । त्यसअनुसार आज तीन चरणमा बैठक बस्ने उनले बताए ।

समितिले आवश्यक कागजात हिजो २ बजेसम्म बुझाइसक्न भनेको थियो। तर मन्त्रालयले कागजात उपलब्ध गराउन ढिलाई गरेको थियो।छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो।

बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न गठित समितिले १० दिनको कार्यादेश पाएको छ। शर्माले सो समितिलाई सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनमा सघाउने भन्दै राजीनामा दिएका थिए।

प्रतिक्रिया सबै