सम्भव भएसम्म गठबन्धन गरेरै आम चुनाव लड्छौं : उपेन्द्र यादव
शुक्रबार, असार ३१ २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संभव भएसम्म गठबन्धन गरेर नै आम चुनाव लड्ने बताएका छन् ।
वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै यादवले देशलाई अप्ठ्यारो परेको बेलामा र देशले गठबन्धनको आवश्यकताल ठानेको बेला त्यसलाई मध्यनजर गरेर गठबन्धन गरेर अघि बढ्न बताए ।
उनले चुनावमा तालमेल गर्ने निर्णय भने यो बैठकले नगरेको स्पष्ट पारे । उनले भने, ‘गठबन्धन संभव नभए एक्लै पनि चुनाव लड्ने हो, हामी एक्लै चुनाव लड्न पनि तयार छौं ।’
प्रतिक्रिया
सबै