download from zoom zoom cloud meetings download windows zoom meeting free download windows version zoom meeting join zoom meeting why my audio is not working in zoom in laptop zoom webinar download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

रवि लामीछाने धरान पुगे हर्क साम्पाङलाई भेट्न

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका छन् । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।

 

 

प्रतिक्रिया सबै