zoom download recording api zoom for pc download zoom meeting free download - zoom meeting free download zoom installation for windows 10 zoom meeting logins - zoom meeting logins install zoom app free windows zoom cloud meeting download windows
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

भारत जानुअघि प्रचण्डले भने : भारत भ्रमण आकस्मित होइन्

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभउको समेत बताएका छन् ।

भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।

कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेको भन्दै प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’

प्रतिक्रिया सबै