zoom free account download zoom new version download for pc zoom installer for windows10 join a zoom meeting using meeting id - join a zoom meeting using meeting id zoom destop download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुन्छ : गृहमन्त्री खाँण

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने बताएका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताएका हुन् ।

‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’

कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उनले बताए ।

गृहमन्त्री खाँणले सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिवद्ध रहेको समेत बताए । ‘नेपाली नागरिक नागरिकताबाट बन्चित नहोस्,’ उनले भने, ‘नेपाली नागरिकले नागरिकता प्राप्त गर्नै पर्दछ, यो संविधानको मूल अवधरणा पनि हो । त्यसै अवधारणमा आधारित भएर यो विधेयक आएको छ।’

प्रतिक्रिया सबै