zoom app download for window 10 zoom.us free download for laptop download client zoom zoom pc nasıl indirilir - zoom pc nasıl indirilir download zoom cloud meeting on my laptop - download zoom cloud meeting on my laptop
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

उसभामुखको निर्वाचनः एमालेको पक्षमा राप्रपा

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिएको छ ।

पार्टी अध्यक्ष एवम् संघीय सांसद राजेन्द्र लिङ्देनले संविधानको भावना अनुरुप उपसभामुख पदमा प्रतिपक्षको हक लाग्ने बताए । उनले एमालेकी विद्या भट्टराईलाई मतदान गर्ने पनि बताएका हुन् ।

‘संवैधानिक व्यवस्थालाई कुनै तर्क र बहानाको आडमा गलत व्याख्या गरिए संविधान मिच्ने क्रम अझै बढ्छ । हाम्रो पार्टीको दृष्टिमा उपसभामुख पद प्रतिपक्षलाई दिनुपर्छ। यो पद प्रतिपक्षको हक पनि हो। त्यसैले हाम्रो समर्थन प्रतिपक्षलाई हुनेछ ।’

सत्ता गठबन्धनले प्रतिपक्षलाई उपसभामुख दिन नमानेको उनको भनाई छ । उनले उपसभामुख पदमा प्रतिपक्षीको हक लाग्ने भएकाले आफूहरुले त्यही अनुसार निर्णय लिएको पनि बताए ।

 

प्रतिक्रिया सबै