१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

उपसभामुखको निर्वाचन: लोसपाको साथ गठबन्धनलाई

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा सत्ता गठबन्धनलाई साथ दिएको छ ।

प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखको निर्वाचनका क्रममा बोल्दै लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने बताइन् । यसअघि एमालेको समर्थनमा चौधरीलाई उपसभामुखमा उठाउने कुरा भएको थियो । त्यसका लागि एमालेले लोसपासँग संवाद पनि गरेको थियो ।

शुक्रबार बिहान एमाले अध्यक्ष ओलीले त्यसका लागि लोसपा अध्यक्ष ठाकुरलाई फोन पनि गरेका थिए । देउवाले पनि ठाकुरलाई फोन गरेका थिए । देउवाले लोसपालाई सत्तामा ल्याउन यसअघि पनि वार्ता गरेको थियो ।

तर शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो । निर्णयलगत्तै लोसपाकी सांसद चन्दा चौधरीले भुसाललाई मत दिने संसदमा बताइन् । संसद बैठकमा बोल्दै उनले आफ्नो पार्टीको समर्थन भुसाललाई हुने बताइन् ।

चौधरीले एमाले उम्मेदवार विद्या भट्टराईलाई भाउजुका रुपमा सम्मान गर्ने पनि बताइन् । तर उनले रवीन्द्र अधिकारीलाई रवीन्द्र पाण्डे भन्दै दाजुका रुपमा सम्झिइन् ।

प्रतिक्रिया सबै