c├´ch download zoom vß╗ü m├´y t├¾nh zoom meeting app download for windows 10 64 bit zoom app free time limit is zoom online or download download zoom offline installer zoom meeting join a meeting download pc - zoom meeting join a meeting download pc
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

प्रचण्ड दिल्लीमा, आइतबार मोदीसँग भेटवार्ता गर्ने

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टीको निम्तामा शुक्रबार दिल्ली पुगेका छन् । तीन दिनका लागि दिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट थालेका छन् ।

शुक्रबार दिउँसो भारतीय जनता पार्टी (भाजपा)का एक वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटघाटको तस्बिर चौथाइवालेले नै सार्वजनिक गरेका छन्। दुईजनाबीचको भेटका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि सहभागी थिए । प्रचण्डसँगै दिल्ली पुगेकी पुत्री एवम् स्वकीय सचिव गंगा दाहाल पनि भेटवार्तामा सहभागी भएकी थिइन् ।


दिल्लीमा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने छन् । प्रचण्ड आज शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उडेका हुन् । प्रचण्डले भारतीय जनता पार्टीको कार्यालय पनि भ्रमण गर्ने कार्यतालिका छ ।

भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्दैछन् । प्रचण्ड शुक्रबार नेपाली राजदूत द्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् ।

प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा शिष्टाचार भेट गरेपछि नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यस्तै, नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी भएपछि प्रचण्डले शनिबार भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यस्तै, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटघाट गरेपछि विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्ने कार्यक्रम छ ।

फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी भएपछि भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आईतबार प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, भाजपा मुख्यालय भ्रमण र भाजपा अध्यक्ष जे पी नड्डासँग भेटघाट गरेपछि भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया सबै