३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

संसदमा उपसभामुख चयनका लागि मतदान

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । संसदमा उपसभामुख चयनका लागि मतदान जारी छ । उपसभामुखका लागि नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा एमालका विद्या भट्टराई उम्मेदवार छन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार हुन् ।

हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

 

 

प्रतिक्रिया सबै