zoom meeting for windows free download zoom app mic not working zoom meeting app download pc 64 bit zoom connecting problem pc - zoom connecting problem pc download zoom for business zoom connect download zoom meeting app zoom and download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

भारतमा प्रचण्डको राजनीतिक भेटवार्ता सुरु

 शनिबार, असार ३२ २०७९  

काठमाडौँ। तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन्।

आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भने भोलि बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।

शुक्रबार भारत गएका प्रचण्ड आइतबार स्वदेश फर्कने तालिका छ । शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले लगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

प्रतिक्रिया सबै