१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

नयाँ पार्टी गठन गर्ने बाबुराम भट्टराईको तयारी

 शनिबार, असार ३२ २०७९  

काठमाडौं । जनता समाजवादी समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित ९ जना नेतालाई कारवाही गरेपछि डा. बाबुराम भट्टराई नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । नेता भट्टराईले कारबाहीको भत्र्सना गर्दै पार्टी पुनर्गठनका लागि आह्वान गरेका हुन् ।

शुक्रबार राति विज्ञप्ति जारी गरी अध्यक्ष यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहित ९ जनालाई पदबाट हटाएको आरोप लगाएका छन् ।

आन्तरिक विवाद केन्द्रीय समितिका बैठक नै अलग अलग बस्ने अवस्थामा पुगेकाले अब पार्टी पुनर्गठनको विकल्प नरहेको उनले उल्लेख गरेका छन्। त्यसका लागि तयार रहन उनले पार्टीका नेता–कार्यकर्तालाई अपिल पनि गरेका छन् ।

‘अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईले भनेका छन्, ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं।’

यस्तो छ विज्ञप्ति

 

प्रतिक्रिया सबै