download zoom app for online classes free download hover zoom zoom meeting recording app download start zoom meeting download zoom app free download for windows
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

वाईसीएलद्वारा गभर्नरलाई कारबाही गर्न माग

 शनिबार, असार ३२ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न योङ कम्युनिष्ट लिग (वाईसीएल)ले माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवलालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न माग गरेको हो ।

वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । उक्त ७ बुँदे माग तत्काल संबोधन गर्न पनि वाईसीएलले आग्रह गरेको छ । माग पूरा नभए आमन्दोलनमा जानुको विकल्प नरहेको वाईसीएलले चेतावनी दिएको छ ।

यस्तै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न सरकारको ध्यानाकर्ण गराएको छ ।

प्रतिक्रिया सबै