९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

प्रेमीसँग भागेकी एक युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित ४ जना पक्राउ

 शनिबार, असार ३२ २०७९  

काठमाडौं । प्रहरीले कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका-९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन् ।

उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका छन् ।

असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो। उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो ।

शुक्रबार जाहेरी पनि परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो । बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको प्रहरीको भनाई छ ।

सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए । राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ ।

आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया सबै