नहरमा डुबेर १ बालकको मृत्यु
आइतवार, साउन १ २०७९

काठमाडौं । चितवन भरतपुर महानगरपालिका-१० स्थित सिंचाई नहरमा डुबेर सोही महानगरपालिका-१० रमाईलो चोक बस्ने गोरखा सुलीकोट गाउँपालिका-४ घर भएका फुल बहादुर गुरूङको १० वर्षीय छोरा उजिया गुरूङको शनिबार दिउँसो मृत्यु भएको छ ।
प्रहरीका अनुसार नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै