११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

क्रिकेट लिग टु : नेपाल स्कटल्यान्डसँग खेल्दै

 आइतवार, साउन १ २०७९  

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज स्कटल्यान्डसँग खेल्दै छ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले अन्तिम खेल खेल्न लागेको हो ।

खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग-२ को अंक तालिकामा छैटौँ स्थानमा छ । स्कटल्यान्ड दोस्रो र नामिबिया पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया सबै