सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेच्ने ५ जना पक्राउ
आइतवार, साउन १ २०७९

काठमाडौं । मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको आरोप छ ।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सबै