१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

महिला हस्तमैथुनबारे सात रोचक तथ्य

 आइतवार, साउन १ २०७९  

काठमाडौं । समाजमा हस्तमैथुनलाई अझै पनि लाज विषयमा मानिन्छ । अब यसबारेको सोचाइमा परिवर्तन आउन थालेको विशेषज्ञहरु बताउँछन् । अहिले पनि धेरैले पुरुषहरूले मात्र हस्तमैथुन गर्छन् भन्ने सोच्छन् । वास्तवमा महिलाहरूले पनि यो कार्य गर्दछन् । समाज निकै अगाडि बढिसकेको छ ।

वयष्क अवस्थामा नपुग्दासम्म केही महिलालाई त आफ्नो योनीबारे पनि राम्रो ज्ञान हुँदैन । विद्यालयहरूमा पनि हस्तमैथुन, यौन सुख, यौनिक अन्वेषण वा चरमोत्कर्षमाथि विरलै सम्बोधन गरिन्छ । त्यसैले यहाँ महिला हस्मैथुनबारे केही चर्चा गरिएको छ ।

हस्तमैथुन स्वस्थ बानी
यसबाट पाउने सबैभन्दा ठूलो फाइदा भनेको आनन्द नै हो । विशेषज्ञहरूले यसबाट केही स्वास्थसम्बन्धी फाइदाहरू जस्तै तनावमुक्त र राम्रो र गहिरो निँद्रा आउने पनि दाबी गर्छन् । किनभने हस्तमैथुनबाट स्खलित हुँदा सन्चो र आनन्द महशुस गराउने इन्डोर्फिन्स नामक हर्मन निष्कासन हुन्छ । मिल्लेइजरले यसबाट योनिमा हुने रक्त संचारमा सुधार आउने र हर्बेनिकले यसलाई सुरक्षित यौन विकल्प भएको बताउँछन् ।

महिलाहरू सोचेभन्दा धेरै हस्तमैथुन गर्छन्
महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने सोचाइ गलत हो । उनीहरू पनि पुरुषहरूले जस्तै यौनांगहरू छोएर र रगडेर रमाउँछन्, बरु त्यसबारे कम कुरा गर्छन् ।

सन् २०१७ मा गरिएको एक अध्ययनमा ४० प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेको स्वीकारेका थिए भने २२ प्रतिशतले भने जीवनमा कहिल्यै त्यो काम नगरेको बताएका थिए । साथै अध्ययनले ५० प्रतिशत भन्दा बढिले भाइब्रेटर प्रयोग गर्ने गरेको पत्ता लगाएको थियो ।

आफ्नो शरीरबारे जान्ने राम्रो उपाय
मिल्लेइजरकाअनुसार यसबाट आफ्नो शरीरको उत्तेजना र आनन्द लिने तरिका वा स्वभाबबारे जानकारी लिन सकिन्छ । साथै महिलाहरूले यसबाट आफ्नो छिटो, ढिलो वा कति तीव्रताले चरमोत्कर्षमा पुग्ने क्षमता छ भन्ने पनि थाहा पाउन सक्छन् । महिलाहरूले कस्तो स्पर्श वा गतिले आफूहरूलाई बढी आनन्द दिन्छन् भन्ने कुरा पनि आफ्ना पार्टनरलाई बताउन सक्छन् । विशेषज्ञहरूले हस्तमैथुनका कारण महिलाहरू बढी कामातुर हुन्छन् भन्ने धारणालाई गलत बताउँछन् ।

अति हस्तमैथुन विरलै हुन्छ
हर्बेनिक भन्छिन्, कसैले विरलै मात्र अति धेरै हस्तमैथुन गर्छन् । यदि त्यस्तो भएमा सम्बन्धित महिलाले त्यस कार्यले आफ्नो दिनचर्यामा बाधा पुगिरहेको थाहा पाउँछन् । यदि चाहिने भन्दा बढी मात्रामा यसमा लिप्त रहँदा उनीहरूको शरीरले नै पीडा महशुस गर्न थाल्छन् । यस्तै समस्या आएमा यौन विशेषज्ञको सल्लाह लिनुपर्दछ ।

विवाहित र पाको उमेरका पनि संलग्न
हस्तमैथुन केवल युवा र एकल व्यक्तिमा मात्र सीमित छैन । विवाहित महिला तथा पुरुष एवं बुढ्यौलीमा पुगिसकेकाहरूले पनि यो कार्य गर्दछन् । हर्बेनिक भन्छिन्, हस्तमैथुन मानिसलाई आजीवन उपलब्ध चिज हो । वास्तवमा धेरै पाको उमेरकाले यौन कार्य भन्दा एक्लै यसमा सरिक हुन सजिलो ठान्छन् । यौन आसन, लिंगको उत्तेजना वा सुख्खा योनीको समस्याका कारण पनि यसलाई उनीहरू राम्रो उपाय मान्छन् ।

यौन जीवनमा सुधार
सन् २०२० मा जर्नल अफ सेक्स्युअल मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार हस्तमैथुनका समय सिकेका र अनुभव गरेका उत्तेजनाका तरिकाहरूलाई पार्टनरसँग यौन सम्पर्क गर्दा प्रयोग गर्ने हो भने महिलाहरूले विना कुनै कठिनाइ राम्रो चरमोत्कर्षको सुखानुभूति गर्न सक्छन् । यसले मासिक श्राव बन्द भएका महिलाहरूलाई पनि सघाउँछ ।

मिल्लेइजर भन्छिन्, रजश्वला रोकिएपछि महिलाको रक्तसंचार गति मन्द हुन्छ । त्यसैले उनीहरूले स्खलनको महशुस गर्न नसकेको भन्न थाल्छन् । भाइब्रेटरको सहयोग विना स्खलनको स्थितिमा पुग्न नसकेको पनि उनीहरू बताउँछन् । एस्ट्रोजन नामक हर्मनको कमीले यस्तो हुन्छ । त्यतिबेला उनीहरूले आफूलाई बढी उत्तेजित पार्न हस्तमैथुनको सहयोग लिन सक्छन् ।

चर्मोत्कर्षमा पुग्ने एकल उपाय
केही महिलाहरू भन्छन्, चरमोत्कर्षमा पुग्नै सक्तिनँ । पार्टनरसँगको सहवास र खेलौना प्रयोग गर्दा पनि यो समस्या छ । तर तिनीहरूले आफनो भग्नासा चलाएर भने सन्तुष्टि पाउन सक्छन् । यस्तो समस्या आएको अवस्था हस्तमैथुन एक मात्र उत्कृष्ट उपाय बन्न सक्छ ।

प्रतिक्रिया सबै