९ आश्विन २०८०, मंगलवार Tuesday 26 September, 2023

७ करोड खर्चेर किम कार्दासियनजस्तो बनेकी जेनिफर फेरि डेढ करोड खर्चेर पुरानै स्वरुपमा फर्किँदै

 आइतवार, साउन १ २०७९  

काठमार्डौं । विश्वका धेरै मानिसले अमेरिकी समाजसेवी, व्यवसायी र चर्चित मोडल किम कार्दिसियनलाई चिन्छन् ।

उनको सफल व्यवसायसँगै शारीरिक बनावटबाट पनि धेरै मानिसहरु प्रभावित छन् । यसको एक उदाहरण बनेकी छिन् एक महिला । जसले आफू पनि किमजस्तै देखिन ठूलो रकम खर्च गरेकी छिन् ।

जेनिफर पाम्प्लोनाले किम कार्दिसियनजस्तो देखिन ६ लाख डलर ९करिब ७ करोड ६४ हजार नेपाली रुपैयाँ० खर्च गरेकी हुन् । त्यति रकम खर्च गरेर ठ्याक्कै त्यस्तै देखिएकी उनी अहिले आफ्नो पुरानो स्वरुपमा फर्किन पुनः १ लाख २० हजार डलर ९करिब १ करोड ५२ लाख रुपैयाँ० रुपैयाँ खर्च गरिरहेकी छिन् ।

न्युयोर्क टाइम्सका अनुसार २९ वर्षीया मोडलसमेत रहेकी उनलाई किम कार्दिसियनजस्तो देखिन १२ वर्षको समय लागेको थियो । यो क्रममा उनले ४० वटा कस्मेटिक शल्यक्रिया गराएकी थिइन् । त्यसपछि उनले आफ्नो चाहना सतही मात्र रहेको बुझिन् ।

त्यसपछि मानिसहरुले उनलाई कार्दासियन नामले बोलाउँदा पनि रिस उठ्न थालिसकेको थियो । उनले यसले गर्दा आफूले अहिलेसम्म पाएको सबै उपलब्धि यसले गर्दा छायामा परेका उनको भनाइ छ ।

पहिलोपटक उनले १७ वर्षको उमेरमा पहिलोपटक शल्यक्रिया गराएकी थिइन् । त्यतिबेला कार्दासियन निकै चर्चित थिइन् । यद्यपि कार्दसियनजस्तो देखिन थालेपछि उनले उनलाई आफ्नो पुरानै स्वरुपको पीर लाग्न थालेको थियो ।

उनले टर्कीको इस्तानबुलका एक डाक्टर भेटिन् जसले उनलाई पुरानै स्वरुपमा फर्काउन सक्ने बताए । त्यसैले उनी अहिले पुरानै अवस्थामा फर्किने प्रक्रियामा अघि बढेकी छिन् ।

प्रतिक्रिया सबै