download zoom meeting microsoft edge - download zoom meeting microsoft edge zoom download files zoom meeting zoom meeting app - zoom meeting zoom meeting app stanford zoom download install zoom client download zoominfo technologies investor relations
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कीर्ते छाप र दस्तखत प्रयोग गरी बैंकबाट १० लाख बढी निकाल्ने पक्राउ

 आइतवार, साउन १ २०७९  

काठमाडौं । एक व्यक्तिले अर्कै व्यक्तिको दस्तखत र संस्थाको छाप कीर्ते गरी एक व्यक्तिले बैंक खाताबाट १० लाख रुपैयाँ भन्दा बढी निकालेको पाइएको छ ।

प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वाशुदेव अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंक लिमिटेडबाट १० लाख ३५ हजार रुपैयाँ निकालेका हुन् ।

प्युठान जिल्ला प्युठान नगरपालिका–४ स्थायी घर भइ हाल सीतापाइला बस्ने भण्डारीले सञ्चालन गरेको सो त्रिपुरेश्वरस्थित सो संस्थाको खाताबाट रकम निकालेको थाह पाएपछि अनुसन्धानका क्रममा प्रहरीले अर्याललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको पाइएको हो ।

प्रहरीले कलंकीस्थित नेपाल एसबीआई बैंकबाट पक्राउ गरी प्रहरी वृत्त कालिमाटीको नियन्त्रणमा राखिएको जनाएको छ । उनको साथबाट सरोज डंगोलको नाममा काटिएको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँमा खाता रहेको नेपाल एसबीआई बैंक लिमिटेडको नगद रु ६५ हजार र २० हजारको दस्तखत सहितको चेक फेला पारेको पहरीले जनाएको छ ।

प्रहरीले विभिन्न व्यक्तिहरूको दस्तखत अभ्यास गरिएको डायरी (नोट बुक), विभिन्न कम्पनीको सिमकार्ड थान–१६, दुई वटा मोबाइल र प्रहरी ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको पत्रकारको परिचय–पत्र समेत फेला पारेको छ ।

काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ प्रहरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्यालले अन्य व्यक्ति तथा संस्था समेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिनसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया सबै