१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

 सोमवार, साउन २ २०७९  

काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप लगाइँदै छ । ।

पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।

दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।

प्रतिक्रिया सबै