७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

सुनचाँदीको मूल्य बढ्यो

 सोमवार, साउन २ २०७९  

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । जुन, हिजो प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया सबै