zoom meeting join a meeting login page zoom cloud meetings app pc download private zoom recording free zoom download for windows 11 zoom download for laptop windows 10 - zoom download for laptop windows 10 zoom meeting login meeting id - zoom meeting login meeting id zoom app for pc online classes zoom 101 sign up & download - zoom 101 sign up & download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

जनप्रतिनिधिमाथि आक्रमण गर्ने डीएसपीलाई कारबाही गर्न माग

 सोमवार, साउन २ २०७९  

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो । बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ—आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आएका छन् ।

हिजो मेयरले कोरम नपुगेको भन्दै बैठक स्थगित भएपछि एमाले जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा आफूहरूलाई हाजिर गर्न नदएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेको आरोप छ । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई धकेलेर कार्यक्रमस्थल मणिग्राम पार्टी प्यालेसको पौडीपोखरीमा पुर्‍याएपछि विवादले चर्को रूप लिएको छ ।

एमालेका जनप्रतितिनिधिले दाजु गृहमन्त्री बालकृष्ण खाणको मेयरले प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाणकै योजनामा बुटवल आएका डीएसपी केसीले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै विरोध गरिरहेको छ ।

यसैबीच डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गरिरहेका छन् । एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने बताए । उनले गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताएका छन् ।

 

प्रतिक्रिया सबै