५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

 सोमवार, साउन २ २०७९  

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा नगरिएको हो । २०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको हो ।

प्रहरी प्रधान कार्यालयले यीमध्ये कारबाहीमा परेका, निलम्बनमा परेका, शैक्षिक योग्यता नपुगेका र दुवै तालिम नगरेकालाई बढुवा नगरिएको जनाएको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया सबै