१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

अर्थ मन्त्रालयले जारी गर्यो बजेट कार्यान्वयनसम्बन्धी सर्कुलर

 सोमवार, साउन २ २०७९  

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी सर्कुलर जारी गरेको छ । विनियोजन ऐन, २०७९ सांसद्‌बाट पारित भएर असार ३२ गते राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि सम्बन्धित निकायहरूमा विनियोजित रकम प्रचलित कानुन बमोजिम खर्च गर्न गराउन अनुरोध गरेको छ ।

यस्तै, साथै बजेटको लेखा राख्ने, प्रतिवेदन गर्ने, लेखा परीक्षण गर्ने गराउने विषयमा समेत अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै अर्थमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया सबै