zoom previous version download download zoom on desktop windows 10 zoom app installed zoom live download join a zoom meeting with id number
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

निर्वाचनका लागि एमालेको आजबाट प्रादेशिक प्रशिक्षण

 सोमवार, साउन २ २०७९  

काठमाडौं । नेकपा एमालेले आजबाट प्रादेशिक प्रशिक्षण सुरु गरेको छ । आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएको हो ।

प्रदेश नं १ को प्रशिक्षणका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मधेसका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे विराटनगर र जनकपुर पुगेका छन् । प्रशिक्षणमा स्थानीय तहको निर्वाचन सिर्जित मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याइ आगामी चुनौतीलाई सहज रुपमा सामना गर्न सक्न बनाउने विषयमा जानकारी गराइने छ ।

यसैगरी स्थानीय निर्वाचनको परिणाम विष्लेषण, यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरुले जनाएका छन् । एमाले प्रदेश १ का सचिव चिन्तन पाठकका अनुसार वर्तमान राजनितिक शक्ति सन्तुलन, पार्टीको सार्मथ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पनि पार्टी नेताहरुले कार्यकर्तालाई प्रशिक्षित गर्नेछन् ।

पार्टी र जनप्रतिनिधीको सम्बन्ध, समन्वय र स्थानीय तहबाटै समाजवादको आधार निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने पाठकले जानकारी दिए।

प्रतिक्रिया सबै