ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता
सोमवार, साउन २ २०७९

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले अध्यक्ष ओलीसँग आज मध्यान्हमा भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा दुई देशबीचको आर्थिक/व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ । भेटका क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य पनि सहभागी थिए ।
प्रतिक्रिया
सबै