किरात प्रदेश नामकरणको माग गर्दै यायोक्खाद्वारा मुख्यमन्त्रीको कार्यालय घेराउ
सोमवार, साउन २ २०७९

काठमाडौं । किरात राई यायोक्खाले प्रदेश-१ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।
प्रदेश-१ नामाकरणको विषय पेचिलो बन्दै गइरहेको बेला देश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू भइरहेको छ । यसबीच यायोक्खाद्वारा घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएका हुन् ।
उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । यस्तै किरात प्रदेश नाम हुनुपर्ने भन्दै यायोख्खा केन्द्रीय समितिले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेस कार्यलय विराटनगरमा
ज्ञापनपत्र पनि बुझाएको छ ।
तस्विर : अर्जुन जम्नेली राई/भीषण राई
प्रतिक्रिया
सबै