zoom subtitles download zoom whatsapp download zoom app login join meeting zoom meeting software free download for pc - zoom meeting software free download for pc zoom app windows download uk
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

 सोमवार, साउन २ २०७९  

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा उनले सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार पोखरेल एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आइजीपीमा नियुक्त भएका थिए ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।

तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थिाये ।

प्रतिक्रिया सबै