९ आश्विन २०८०, मंगलवार Tuesday 26 September, 2023

सेयरबजार हरियालीः बढ्यो सूचक, १ अर्ब ३१ करोडको कारोबार

 सोमवार, साउन २ २०७९  

काठमाडौं । सेयर बजारमा आज हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार बजार परिसूचक नेप्से १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेको छ । सेन्सिटिभ सूचक भने २.८३ अंकले बढेको छ ।

आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको छ । यसअनुसार दिनभरिमा २३ हजार ३ सय ८३ पटक किनबेच हुँदा ३१ लाख ४२ हजार कित्ता सेयर बिक्री भएका छन् । यो भनेको १ अर्ब ३१ करोड २९ लाख ६२ हजारको कारोबार हो ।

११ बजे खुलेको बजार त्यसपछिको १ घण्टाजसो ओरालो लागे पनि सम्हालिँदै ३ बजेसम्म कारोबार भएको थियो । सूचक केही उतारचढाव हुँदै २०२९ विन्दुमा पुगेको हो । आज तरलता सूचक र सेन्सिटिभ तरलता पनि १।१५ अंकले बढेको छ ।

कुल १३ मध्ये सामूहिक लगानी कोष र व्यापार समूहको सूचक रातो भए पनि बाँकी समूहको हरियो भएको छ । आज १४३ कम्पनीको सेयर बढ्दा २७ वटाको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको छ ।

वरुण हाइड्रो र इमर्जिङ नेपालका लगानीकर्ताले आज १० प्रतिशत कमाउँदा चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । गुमाउने लगानीकर्ताले ५.९० प्रतिशतसम्म गुमाएका छन् भने सोमबार शिवम् सिमेन्टको सर्वाधिक ९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया सबै