१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने कांग्रेसको निर्णय

 सोमवार, साउन २ २०७९  

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी संघीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै, भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । बैठकले विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिने निर्णय गरेको छ ।

सरकारले संविधानलाई ट्र्याकमा ल्याएको निष्कर्ष पनि कांग्रेसले निकालेको छ । बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

तर, पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरंप हुनेगरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।

यस्ता छन् बैठकका निर्णयहरु

प्रतिक्रिया सबै