how do i use the zoom app zoom app in french zoom app url zoom hp download zoom app free time limit zoom download centre windows 10
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

प्रदेश-१ को नाम ‘किरात’ नराखे देश विखण्डनमा जान्छ : मुख्यमन्त्री राई

 सोमवार, साउन २ २०७९  

काठमाडौं । प्रदेश का का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाम ‘किरात’ नराखे देश विखण्डन सम्म पुग्ने बताएका छन् । सोमबार किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नाम किरात नराखे ठूला ठूला लडाईं र झगडा हुने बताएका हुन् ।

यायोक्खाले प्रदेश १ को नाम किरात राख्न माग गर्दै स्मरण पत्र बुझाउन गएको टोलीलाई आफू किरातको पक्षमा रहेको भन्दै किरातको पक्षमा उठेको आन्दोलनमा मूलधारका पार्टी र नेताहरुले कम आँकेको बताए ।

‘अहिले मूलधारका पार्टी र नेताहरु पहिचानविरोधी नाम राख्न लागेका छन् । स्थिति खराब आयो भने तपाइँहरु सडकमा उत्रिन जरुरी छ । मेरो कार्यकाल मंसिरसम्म हो । मंसिरपछि आन्दोलन गर्न तपाईंहरुको साथमा आउने छु ।’

उनले प्रदेशको नाम किरात नराखे विस्तारै आन्दोलन उठेर भुसको आगो जसरी सल्किँदै जाने चेतावनी पनि दिए । ‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ ? समय पनि लाग्ला, तर यो तुष भुसको आगा सल्किए सल्किँदै जाने छ’ मुख्यमन्त्री राईले भने ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ।’

किरात प्रदेश नाम राखेर देशमा शान्ति हुन्छ भने दिनुपर्ने पनि बताएका बताए । ‘किरात प्रदेश राखेर देशमा शान्ति हुन्छ भने किन नदिने त ?’, उनले भने । पुरानो इतिहास, पुराना कागज तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए। किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको उनको भनाई छ ।

‘उहिल्यै वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो । सक्ने भए तीनवटै राज्य बनाऊ होइन भने सबैलाई मिलाउँदा किरात हुन्छ। त्यही किरात प्रदेश दिँदा केही बिग्रिन्छ छ ?’

मधेश प्रदेश नाम राख्दा पनि केही नबिग्रिएको उदाहरण दिँदै भने, ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त ? दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?’

पहिचानविरोधी नाम आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउनतर्फ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया सबै