३१ भाद्र २०८०, आईतवार Sunday 17 September, 2023

बसको ठक्करबाट एक जनाको मृत्यु

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं। कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार चौमाला बहुमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।

घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया सबै