काभ्रेमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घाइते
मङ्लबार, साउन ३ २०७९

काठमाडौं । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका-५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो ।
घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
सबै