zoom error code 5003 windows 10 zoom installer windows 11 - zoom installer windows 11 download zoom chat for pc zoom online teaching app free download download zoom manjaro zoom recording download format
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

काठमाडौं महानगरपालिकाले ल्यायो ३ वटा दमकल

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद गरेको ३ वटा दमकल आइपुगेका छन् ।

मंगलबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्व मेयर विद्यासुन्दर शाक्यकै पालामा भएको खरिद प्रक्रिया अन्तर्गत ३ वटा दमकल आइपुगेको जानकारी दिएका छन । दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध भएको मेयर बालेन्द्रले बताएका छन् ।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ, सोही अनुरुप पुर्व मेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरू महानगरमा आइपुगेका छन् ,’ मेयर शाहले भने, ‘दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’ आगोको विषयमा कहिल्यै पनि हेलचक्र्याइँ नगर्न उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया सबै