visit zoom.us/download free download poc by zoom zack zoom download avast warning zoom meeting app download for microsoft edge zoom cloud meeting download for pc windows 10 64 bit download and install free zoom app
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

जोरपाटीमा बोरिङ खन्दा यसरी निस्कियो लेदो माटोको फोहोरा

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीको फोहोरा निस्किएको छ । लेदो माटोसहितको पानीको फोहोरा घरभन्दा निकै माथिसम्म पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सोमबार बिहान १० बजेबाट निस्किएको फोहोरा हालसम्म रोकिएको छैन । सो ठाउँबाट ग्यास निस्किएको आशंकाले उक्त क्षेत्रमा आगो नबाल्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

यसको बारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको बताएको छ ।

लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्मे भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेको भनाई छ ।

प्रतिक्रिया सबै