१३ फाल्गुन २०८०, आईतवार Sunday 25 February, 2024

मलेसियामा कोरोनाबाट ७ जनाको मृत्यु, ३ हजारभन्दा बढी कोरोना संक्रमित

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यता मात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टा यता सात जनाको ज्यान पनि गएको जनाएको छ । यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् । यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया सबै