download zoom math 200 free zoom technologies mcse material free download zoom meeting login to meeting - zoom meeting login to meeting zoom download centre windows 10 how do i download zoom on my huawei www.zoom app.com download download zoom usa
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

प्रचण्डसँग ‘समाजवादी केन्द्र’ निर्माण गर्न बाबुरामको प्रस्ताव

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच मंगलबार करिब एक घण्टा छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनयुद्धकालीन दुई सहकर्मीबीच एक घण्टा छलफल भएको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेकै बेला डा. भट्टराईले प्रचण्डसँग छलफल गरेका हुन् । जसपा पुनर्गठन अभियानमा लागेका बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन् ।

भट्टराईलाई माओवादी पार्टीभित्र ल्याउनुपर्ने एकथरी नेताहरुले प्रस्ताव पनि गरेका छन् । डा. भट्टराई माओवादी केन्द्रमै मिसिन तयार छैनन्, उनले नाम परिवर्तन भए सोच्न सकिने बताएको स्रोतको भनाई छ ।

भट्टराईको कुरामा प्रचण्ड पनि सकारात्मक रहेको बताएको छ । यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो । त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो ।

भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनको भनाई छ ।

‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरू त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउनेबारे अरू पार्टीसँग पनि कुरा गरौँ, पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो’, उनले भने ।

आउँदो निर्वाचनमा पनि गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय सही भएको पनि उनले बताए । ‘कांग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको’, उनले भने ।

प्रचण्डले डा. भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले कारबाही गरे । पनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । प्रचण्डका अनुसार भेटवार्तामा डा. भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया सबै