zoom download error 10006 install zoom msi gpo tải zoom học trực tuyến pc free download zoom program zoom plus plus download for pc download chat in zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

प्रियंका संसारकै सबैभन्दा शक्तिशाली महिलाको १०० सूचीमा

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । भारतमा देशी गर्लको रुपमा चर्चित प्रियंका चोपडाले सोमबार ४० औं जन्मदिन मनाएकी छन् ।

उनी संसारकै सबैभन्दा शक्तिशाली महिलाको १०० सूचीमा पनि समावेश भएकी छन् । तमिल फिल्म ‘थमिजन’बाट उनले अभिनय करिअरको थालनी गरेकी थिइन् । प्रियंका चोपडाको अहिले बलिउड मात्र हैन, हलिउडमा समेत स्थापित नाम बनिसकेको छ ।

आफ्नो २० वर्षको अभिनय करिअरमा उनले ६७ फिल्ममा अभिनय गरेकी छन् । प्रियंकाले आफूलाई अभिनेत्री, निर्मात्री, गायिका र व्यवसायीको रुपमा प्रमाणित गरिसकेकी छन् ।

१८ जुलाई १९८२ मा उनको जन्म बिहारको जमशेदपुरमा भएको थियो । उनका बुवाआमा सैनिक चिकित्सक थिए । बुवाआमाको व्यावसायिक करिअरमाझ उनको बाल्यकाल विभिन्न सहरमा बित्यो ।

१३ वर्षको हुँदा अभिभावकले उनलाई अध्ययनको लागि अमेरिका पठाए । यस दौरान उनले काकीको घरमा रहेर अध्ययन पूरा गरिन् । अमेरिकामा रहँदा आफूले नश्लीय भेदभावको अनुभव व्यहोरेको उनले हालै एक अन्तवार्तामा खुलाएकी छन् ।

स्कुलको दौरानमै उनले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । स्थानीय ब्युटी कन्टेन्ट जितेपछि उनमा आत्मविश्वास पलायो । आमाको आग्रहमा सन् २००० मा उनले मिस इण्डिया पेजेन्टमा भाग लिइन् । यो प्रतिस्पर्धामा उनी सेकेन्ड रनरअप भइन् ।

यसपछि उनले मिस इण्डियाको उपाधि जितिन् । सोही वर्ष उनी मिस वर्ल्ड पनि घोषित भइन् । विश्व सुन्दरी बनेपछि उनलाई फिल्मको प्रस्तावको ओइरो लाग्न थाल्यो ।

सन् २००२ मा उनलाई फिल्म हमराजमा मुख्य अभिनेत्रीको प्रस्ताव आयो । तर यो फिल्म उनले गर्न पाइनन् र अमिषा पटेलले पाइन् । तर सोही वर्ष रिलिज भएको फिल्म थमिजन उनको डेब्यु फिल्म बन्यो ।

उनले अभिनय करिअरमा द स्काइ इज पिंक, फेसन, बाजिराव मस्तानी, म्यारी कम, डन, अग्निपथजस्ता राम्रा फिल्ममा अभिनय गरेकी छन् । प्रियंकाका पछिल्लो बलिउड फिल्महरु द ह्वाइट टाइगर र अंग्रेजी फिल्म द म्याट्रिक्स रिसरेक्सन थिए । उनी यतिबेला ‘इट्स अल कमिङ ब्याक टु मी’मा व्यस्त छिन् र यो फिल्म २०२३ मा प्रदर्शन हुँदैछ ।

सन् २०१६ मा प्रियंकालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । फिल्म फेसनबाट उनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् । प्रियंकाको कुल सम्पत्ति ५५९ करोड भारु रहेको बताइएको छ ।

हलिउड गायक निक जोनससँग उनले केही वर्षअघि बिहे समेत गरेकी छन् । उनीहरुले हालै सरोगेसी विधिमार्फत सन्तान प्राप्त गरेका छन् । उनी यतिबेला मातृत्वको आनन्द उठाइरहेकी छन् ।

प्रतिक्रिया सबै