zoom app webinar zoom .com download zoom meeting app download for pc zoom teamviewer download download latest zoom client
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

वर्षाले कैलालीको धनगढी बजार डुबानमा

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका हुन् ।

डुबानका कारण आवतजावत गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे जनाएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू-भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन् ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

 

प्रतिक्रिया सबै