ब्लक उद्योगभित्र १ श्रमिक मृत
बुधबार, साउन ४ २०७९

काठमाडौं । काठमाडौंमा ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला परेका छन् ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र मंगलबार सोलुखुम्बुको चौरीखर्कका ४५ वर्षीय बिजित शेर्पा भेटिएका हुन् । उनी सोही कारखानामा काम गर्थे ।
हाल उनी काठमाडौं महानगरपालिका १५ भगवान पाउमा बस्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । घटनबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
सबै