कोरियामा कोरोनाबाट १२ जनाको मृत्यु, ७६ हजारभन्दा बढी संक्रमित
बुधबार, साउन ४ २०७९

काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ७६ हजार चारसय दुई जनामा कोरोना सङ्क्रमित पुष्टी भएको छ । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौ सय ७१ पुगेको छ ।
कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ ।
सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ ले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया
सबै