join a zoom meeting uk online why is my second monitor zoomed in windows 10 why is my zoom audio not working on windows 10 - why is my zoom audio not working on windows 10 zoom cloud meeting app download free on pc - zoom cloud meeting app download free on pc zoom downlo
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

आगामी मंसिरमा निर्वाचन हुनुपर्छ : ओली

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिरमा हुनैपर्ने बताएका छन् ।

सत्ता गठबन्धनले आगामी फागुनतिर पनि गर्न सकिने गरी छलफल अघि बढाएका बेला ओलीले दुवै तहको निर्वाचन मंसिरमै हुनुपर्ने अडान राखेका हुन् ।

आगामी मंसिरमा चुनाव गराउनुपर्छ । यसलाई तलमाथि हुन दिनु हुँदैन, एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने, यसबीचमा दैनिक भ्रष्टाचारका घटना बढिरहेका छन् । यी विरुद्ध एमालेपंक्तिले लड्नुपर्छ ।

उनले सरकार दमनकारी ढंगले ओर्लिएको बताउँदै त्यसको प्रतिकार गर्न पनि एमाले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

ओलीले मंसिरको चुनावपछि एमालेको सरकार बन्नुपर्ने पनि बताए । राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ । आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ, उनले भने ।

हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम आएन । कति इमानका साथ हामीले काम गर्यौँ र सोच्यौँ व्यवहार गर्यौँ, एक पटक सबैले सोच्नुहोला ।

प्रतिक्रिया सबै