प्रशिक्षक पुबुदुले दिए राजीनामा
बुधबार, साउन ४ २०७९

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो खेलमा नेपालले लगातार हार व्यहोरेपछि दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।
उनी ०७८ मंसिर २५ मा प्रशिक्षक नियुक्त भएका थिए । नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न उनी नियुक्तिको एक महिनापछि नेपाल आएका थिए ।
पुबुदुले दोस्रो कार्यकाल सम्हालेपछि नेपालले खेलका कुल १४ वटा एक दिवसीय खेलमा ९ वटामा हार, ४ मा जित र १ खेल टाइ भएको थियो । यसअघिका डेभिड ह्वाटमोरले पद छाडेपछि पुबुदुलाई नेपाली टोलीको प्रशिक्षक बनाइएको थियो ।
प्रतिक्रिया
सबै