५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

यस्तो छ ‘प्रकाश’को ट्रेलर (भिडियो)

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्म निर्माण युनिटले मंगलबार राजधानीमा ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् । विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ । यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । फिल्मलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया सबै