filter download for zoom zoom cloud meetings download windows 10 don't download zoom zoom install microsoft store zoom effect premiere pro download download zoom room app for windows
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

कुमारी बैंक र होटेल ए-१ लभली स्टारबीच सम्झौता

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए-१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निम्ति कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए-१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया सबै