४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

नेपाली टिमबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षकमा नियुक्त

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके आजै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

पुबुदुले नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिँदा आफू अब एक दुई वर्ष क्यानडा भन्दा बाहिर जान नसक्ने बताएका थिए । तर, उनले त्यसो भनेको एक घण्टा पनि बित्न नपाउँदै पुबुदुलाई क्यानडा क्रिकेटले मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको सार्वजनिक भएको हो । ‘पुबुदु दायासानायके हाम्रो मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्’, क्यानडा क्रिकेटको ट्विटरमा लेखेको छ ।

पुबुदुले स्कल्यान्ड भ्रमण जानुअघि नै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा पत्र बुझाएका थिए । क्यानले स्वीकृत गरिसकेको छ । तथापि पुबुदुको राजीनामाबारे भने टिमलाई आज बिहानमात्र जानकारी गराइएको पुबुदुको भनाई छ ।

आज एक कार्यक्रममा आफूले राजीनामा दिएको घोषणा गर्दै पुबुदुले भनेका थिए, ‘पारिवारिक कारणले गर्दा म एक दुई वर्ष क्यानडा भन्दा बाहिर जादिँन । त्यसपछि कामबारे सोच्नुपर्छ ।’

यसअघिका प्रशिक्षका डेव वाट्मोरले पनि भारतीय रणजी ट्रफीको क्लबमा अनुबन्ध भएपछि नेपाली क्रिकेट टिमबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया सबै