३१ भाद्र २०८०, आईतवार Sunday 17 September, 2023

सेयर बजार: आज एक अर्ब ७३ करोडको कारोबार

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से पाँच अंकले बढेको छ । साताको चौँथो कारोबार दिन बुधबार ४.८९ अंक (०.२४) पतिशतले बढेर दुई हजार ५०.५९को बिन्दुमा पुगेको छ ।

आज दिनभर २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएको छ । ८६ कम्पनीको सेयर बढेको छ भने ८७ कम्पनीको सयेर घटेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेको छ । १३ उपसूचकमध्ये सर्वाधिक फाइनान्स उपसमूहको आज १.९१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको १.२१ प्रतिशत र अन्यं उपसमूहको १।१६ प्रतिशत, लगानी उपसमूहको ०.७२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स उपसमूहको ०.६९ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.१८ प्रतिशत, विकास बैंक उपसमूहको ०.१५ प्रतिशत, म्युचअल फन्ड उपसमूहको ०.१२ प्रतिशतले बढेको छ ।

यस्तै, बैकिङ उपसमूहको ०.०५ प्रतिशत, लाइफ इन्स्योरेन्स उपसमूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटनको ०.३५ प्रतिशतले हाइड्रो पावर उपसमूहको ०.५३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै मल्टिप्रोसेस फाइनान्सको ५.६९ प्रतिशतले बढेको छ । भने कर्णाली डेप्लपमेन्ट बैंकको ४.३५ प्रतिशत, सिवम्को ३.७८ प्रतिशतले बढेको छ । लक्ष्मी क्वालिटी फन्ड उपसमूहको ६.३३ प्रतिशतले घटेको छ । एमर्जिङ कम्पनीको ४.३१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया सबै