१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित एक भारतीय पक्राउ

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगन्जतर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगन्ज–१६ रजतजयन्ती चोकमा जाँच गर्दा उक्त रकम बरामद भएको हो ।

पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद भएको हो ।

एसपी बस्नेतले मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

प्रतिक्रिया सबै