४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कपिलवस्तुमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु

 बुधबार, साउन ४ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगङ्गा–१० मा बालिकाको मृत्यु भएको छ ।

आज बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।

त्यसैगरी, वाणगङ्गा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ । बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो ।सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै