is zoom dangerous to download latest version zoom download is zoom safe to download on computer installation of zoom app idm download vn zoom
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग आज बयान लिँदै

 बिहिबार, साउन ५ २०७९  

काठमाडौँ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।

हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।

समितिले छानबिन थालेको दशौँ दिन अर्थात् कार्यादेशको अन्तिम दिन निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्न लागेको हो । दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ ।

त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।असार २२ मा गठन भएको समितिले एकसातापछि काम थालेको थियो ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्डडिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

उक्त रिपोर्ट आएपछि मात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ ।

चौतर्फी विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

प्रतिक्रिया सबै